आज कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, कहाँ कति ?

आज कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, कहाँ कति ?

काठमाडौं, १३ असोज । कोरोनाको संक्रमणबाट आज नेपालमा थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।

मृत्यु हुनेमा तीन महिला र सात पुरुष रहेका छन् । जसमा काठमाडौंका एक महिला र दुई पुरुष, बाँकेका एक महिला र दुई पुरुष, मोरङ, महोत्तरी र चितवनमा एक-एक पुरुष र सर्लाहीकी एक महिलाको मृत्यु भएको हाे।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ। 

 

यस्तै, मंगलबार नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छभने संक्रमितमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् ।