नेपालमा आज थप ७ सय ३१ जना कोरोनामुक्त, निकाे हुनेकाे संख्या ५५ हजार नाघ्याे

नेपालमा आज थप ७ सय ३१ जना कोरोनामुक्त, निकाे हुनेकाे संख्या ५५ हजार नाघ्याे

काठमाडौं । मंगलबार नेपालमा थप ७ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

कुल संक्रमित मध्ये ७२.६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने काठमाडाैं उपत्यकामा ९ सय ३४ जना संक्रमित थपिएका छन् । 

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ७०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ६८९ जना छन् । तिमध्ये २१३ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।