मंगलबार काठमाडाैं उपत्यकामा कति संक्रमित थपिए ? यस्ताे छ पछिल्लाे विवरण

मंगलबार काठमाडाैं उपत्यकामा कति संक्रमित थपिए ? यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं, १३ असाेज । मंगलबार काठमाडाैं उपत्यकामा ९ सय ३४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका १ हजार ५ सय १३ कोरोना संक्रमित मध्ये ९ सय ३४ जना काठमाडाैं उपत्यकाका रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।

जसमा काठमाडौंमा ७ सय ४७ भक्तपुरमा ७३ र ललितपुरमा  १ सय १४ जना संक्रमित थपिएका छन । याेसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ७६ हजार २ सय ५१  पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ छ । यसमध्ये संस्थागत आइसोलेसनमा ९ सय ६ सय ८९ र होम आइसोलेसनमा  १० हजार ७ सय ७ जना संक्रमित रहेका छन्।