भारतमा ‘अनलक ५’को गाइडलाइन्स आज आउनसक्ने, सिनेमा हल खुल्ला त ?

भारतमा ‘अनलक ५’को गाइडलाइन्स आज आउनसक्ने, सिनेमा हल खुल्ला त ?

नयाँ दिल्ली, १३ असोज । हाम्रो छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका छन् । यसैबीच आज (बुधबार) भारतमा अनलक ४ को सीमा समाप्त हुँदैछ । गृह मन्त्रालयले अब अनलक ५ को गाइडलाइन्सको आज घोषणा गर्ने विश्वास गरिएको छ । 

भारतमा गत मार्चदेखि लकडाउन लागू गरिएको थियो । तर, जुलाईदेखि विस्तारै सबै क्षेत्र खुला गर्न थालिएको थियो । यसै सन्दर्भमा भारतीय गृह मन्त्रालयले अझैं पनि गाइडलाइन्स जारी गर्ने तयारी गरिरहेको छ ।

जानकारी अनुसार भारतको अनलक ५ स्कुल, कलेज, ट्रेन र सिनेमा हललाई टर्गेट गरिएको छ । त्यस्तै, विभिन्न चाडपर्वहरुको सिजन पनि आउँदैछ, त्यसैले भारतका सबै ट्रेनहरु सूचारु नभएका कारण पनि यात्रुहरुलाई निकै समस्या परिरहेको बताइएको छ ।

साथै, बलिउडका सबै सिनेमा हलहरु खेल्नका लागि पनि माग भइरहेको जनाइएको छ । पछिल्लो गाइडलाइन्समा स्कुल, जिम, योगा सेन्टर लगायतका स्थानहरु खोल्न अनुमति दिइएको थियो । 

हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या ६१ लाख  पार गरिसकेको छ । त्यस्तै, भारतमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या पनि १ लाख पुग्न लागेको छ ।