काठमाडाैं उपत्यकामा आज कहाँ कति संक्रमित थपिए ? यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं उपत्यकामा आज कहाँ कति संक्रमित थपिए ? यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं, १२ असाेज । आज काठमाडौं उपत्यकामा ८ सय १७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लाे तथ्याङ्क अनुसार उपत्यकामा गत २४ घण्टामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएकाे हाे । 

मन्त्रालयकाअनुसार काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जनामा काेराेना पुष्टी भएकाे हाे ।  योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २२ हजार ३ सय २४ पुगेको छ। 

यस्तै पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा ७ सय ४२ जना काेराेना संक्रमणमुक्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । याेसँगै संक्रमण मुक्त हुनेकाे संख्या ५४ हजार ६ सय ४० पुगेकाे छ ।