पछिल्लो २४ घण्टामा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं, १२ असाेज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ४ जनाको ज्यान गएकाे छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।

 योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।  

यस्तै, सोमबार नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। संक्रमितमध्ये ५४ हजार ६ सय ४० जना निको भएर घर फर्किएका छन् ।