साेमबार देशभर १ हजार ३ सय ५१ जनामा काेराेना संक्रमण पुष्टी

साेमबार देशभर १ हजार ३ सय ५१ जनामा काेराेना संक्रमण पुष्टी

काठमाडाैं, १२ असाेज । साेमबार देशभर १ हजार ३ सय ५१ जना काेराेना संक्रमित थपिएका छन्  । पछिल्लाे २४ घण्टामा देशभरबाट १ हजार ३ सय ५१ जनामा काेराेना संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ भने संक्रमितमध्ये ५४ हजार ६ सय ४० जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सक्रिय संक्रमितकाे संख्या १९ हजार ६ सय २४ पुगेकाे छ ।