ओली–प्रचण्डबीच मन्त्रीमण्डल पुनर्गठनबारे अझैँ जुटेन सहमति

ओली–प्रचण्डबीच मन्त्रीमण्डल पुनर्गठनबारे अझैँ जुटेन सहमति

काठमाडौं, १२ असाेज । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न सकेन ।

मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि ठोस सहमति बन्न नसकेको हो । 

छलफल जारी राख्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रिमण्डल गठनमा ढिलाइ भएको हो । 

मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।