आज देउवाकाे निर्णयविरुद्ध पौडेल समूहले पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

आज देउवाकाे निर्णयविरुद्ध पौडेल समूहले पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्दै

काठमाडौं, १२ असाेज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकाे निर्णयविरुद्ध  रामचन्द्र पौडेलको समूहले विरोधपत्र दर्ता गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै सोमबार पौडेलको समूहले विरोधपत्र दर्ता गर्ने भएकाे हाे ।

विरोधपत्रमा कृष्णप्रसाद सिटौला समूहलाई जोड्ने प्रयास असफल भएपछि आइतबार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको कार्यक्रम स्थगित भएको  थियो।आज पौडेल समूहका २७ नेताद्वार हस्ताक्षरित विरोधपत्र दिउँसो १ बजेपछि पार्टी कार्यालयमा दर्ता गरिने पौडेल समूह केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बताए ।

सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग पौडेल समूहको थियो ।

शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवलाई पछिल्ला निर्णय सच्याउन दबाबका लागि विरोधपत्र दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।