नबिल सेयर कर्जा अब वार्षिक ७.७५ प्रतिशतकाे आकर्षक ब्याजदरमा

नबिल सेयर कर्जा अब वार्षिक ७.७५ प्रतिशतकाे आकर्षक ब्याजदरमा

काठमाडाैं, १२ असाेज । नेपाल धिताेपत्र बजारमा काराेबार हुने सेयरहरु धिताे राखी नबिल बैंकबाट सस्ताे ब्याजदरमा सजिलै सेयर धिताे कर्जा उपलब्ध गराउन शुरु गरेकाे छ ।

५० लाख वा साे भन्दा बढीकाे नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशतकाे आकर्षक ब्याजदरमा उपलब्ध भएकाे बैंकले जनाएकाे छ । 

दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ । नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी १ सय १९ शाखाहरु र १ सय ८५ एटिएम काउण्टरहरु रहेका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

साथै यसले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको जनाएकाे छ ।