कोरोना भाइरसले मानिसको दिमागमा आक्रमण गर्दै, स्ट्रोक, मेमोरी लसलगायतका समस्या बढ्दै !

कोरोना भाइरसले मानिसको दिमागमा आक्रमण गर्दै, स्ट्रोक, मेमोरी लसलगायतका समस्या बढ्दै !

काठमाडौं, १२ असोज । उच्च ज्वरो, सुख्खा खोकी, सास फेर्न समस्या हुनुलगायत कोरोना भाइरसका मुख्य लक्षणहरु हुन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुमा कन्फ्युजन, लस अफ स्मेल, व्यावहारिक परिवर्तनलगायतका न्यूरोलोजिकल लक्षणहरु देखा परिरहेका छन् ।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुको मानसिक स्थितिमा नराम्रो असर परिरहेको छ । स्ट्रोक, ब्रेन ह्यामरेज, मेमोरी लसलगायतका खतरनाक रोगहरु कोरोना संक्रमित विमारीहरुमा देखा परिरहेको छ । 

जोन्स हप्किन्स युनिभर्सिटीको एमडी रोबर्ट स्टीवन्स भन्छन्, ‘कोभिड–१९ युनिटमा करिब आधा संक्रमितहरुमा न्यूरोलोजिकल लक्षण देखा परिरहेको छ । बैज्ञानिकहरुले यसलाई बुझ्ने कोसिस गरिरहेका छन्, कि कोरोना भाइरसले दिमागमा नराम्रो असर किन गरिरहेको छ ?’

रोबर्ट स्टीवन्सले जोन्स होपकिन्समा छापिएको आफ्नो एक आर्टिकलमा उक्त बैज्ञानिकहरुको सिद्धान्तलाई सूचीबद्ध गरेका छन्, जसले उक्त विषयमा अध्ययन गरिरहेका छन् । 

उक्त आर्टिकलका अनुसार ‘विश्वनै कोभिड–१९ को मामलामा दिमागसँग जोडिएको तमाम स्थितिहरु देखा परिरहेको छ । जसमध्ये, कन्फ्युजन, होस गुमाउनु, स्ट्रो, लस अफ स्मेल, लस अफ टेस्ट, टाउको दुख्नु, फोकस गर्न नसक्नु र व्यावहारिक परिवर्तनलगायतका समस्याहरु सामेल छन् ।’

त्यस्तै, रिपोर्टका अनुसार केही कोरोना संक्रमितहरुमा कमन पेरिफेरल नर्वसँग जोडिएको समस्या पनि देखिएको छ, जुन प्यारालाइज र रेस्पिरेटरी फेलियरको कारण बन्न सक्दछ । लिडिङ साइन्स जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार कोरोना भाइरसका कारण फैलिएको एसएआरएस र एमईआरएसको प्रकोपमा पनि त्यस्तै लक्षण देखिएको थियो ।