शरीरको ऊर्जास्तर र रोगप्रतिरोधक क्षमता बढाउन नरिवल पानी !

शरीरको ऊर्जास्तर र रोगप्रतिरोधक क्षमता बढाउन नरिवल पानी !

काठमाडौं, १२ असोज । नरिवल पानी पिउनु स्वास्थ्यका लागि निकै उपर्युक्त मानिन्छ । यसले गर्मीमा छाला डढ्ने समस्यालाई पनि समाधान गर्छ । मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । 

नरिवल पानीमा लो फ्याट हुन्छ, जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्व दिन्छ । छालासम्बन्धी विभिन्न समस्यालाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । 

नरिवल पानी पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन्, अनि छालासम्बन्धी समस्या समाधान हुन्छन् । गर्मी मौसममा शरीरको ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । 

त्यस्तो स्थितिमा पनि नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ । प्रायः दिमागले काम गर्न नसकेको र सहनशक्ति घटेको अवस्थामा नरिवल पानी पिउनाले स्टामिना बढ्छ । 

धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ । त्यस्ताले नरिवल पानी पिउनु ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ ।