यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, असोज १२ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, असोज १२ गते

आज २०७७ साल असोज १२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । रेबिज बिरुद्धको दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा अर्थ संग्रह गर्न सकिने हुुदा तथा आर्थिक अवस्था राम्रो रहने हुदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानी गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारी सेवामा बसेर सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगरी दिदा महत्वपुण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकोले अध्ययनमा सुधार हुने तथा अध्ययनकै सवालमा लामो दूरीको यात्रा हुनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाई विद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानी गर्ने वातावरण बन्नेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग मार्फत मनग्गने धन आर्जन गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँ आफ्न्र पक्षमा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले सांगठनिक टिम निर्माण गरि काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केहि दिनको लागि काम बन्द हुनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरि मनग्गे आम्दानी हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले गीत संगीतको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ दिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायमा आवद्ध रहनु भएकाहरुका लागी समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।