प्रिमियर लिगः टोटेनहम र न्युक्यासलले बराबरी खेल्दै अंक बाँडे

प्रिमियर लिगः टोटेनहम र न्युक्यासलले बराबरी खेल्दै अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र न्युक्यासल युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । भर्खरै सम्पन्न खेलमा दुबै टिमले १-१ गोल गर्दै अंक बाँडेका हुन् ।

खेलको २५ औं मिनेटमा टोटेनहमले लुकास मोउराको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । यस्तै खेल सकिनै लाग्दा इन्जुरी समयमा न्युक्यासलले पेनाल्टी पायो ।

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)को रिभ्युबाट न्युक्यासलले पाएको पेनाल्टीलाई कालुम विल्सनले खेर जान दिएनन् । बराबरी खेलेसँगै टोटेनहमको ३ खेलबाट ४ अंक रहँदा तालिकाको सातौं स्थानमा रहेको छ । यस्तै समान खेल खेलेको न्युक्यासले ४ अंक नै रहँदा नवौं स्थानमा रहेको छ ।