यी कोरोना संक्रमित अभिनेत्रीले घरबाटै गरिन् सिरियलको सुटिङ 

यी कोरोना संक्रमित अभिनेत्रीले घरबाटै गरिन् सिरियलको सुटिङ 

एजेन्सी । अभिनेत्री राजेश्वरी सचदेव हाल टेलिभिजन शो 'शादी मुबारक'मा कुसुमको भूमिका निर्बाह गर्दैछिन् । अभिनेत्रीलाई केही कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले परीक्षण गराएकी थिइन् ।

जसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनका कोरोना पोजेटिभ देखिएपछि शोको सुटिङ स्थगित गरिएको थियो । जतिबेला उनी संक्रमित भएकी थिइन् त्यसभन्दा केही दिन पहिले शोमा उनको दृश्य रहेको थिएन जसकारण उनी सेटबाट बाहिर रहेकी थिइन् ।

तर अहिले भने उनले शोको महत्ववूर्ण दृश्यहरु घरबाटै सुट गर्न सुरु गरेकी हुन् । हालै प्रसारण भएको शादी मुबारक शोको नयाँ एपिसोडमा एक दृश्य देखाइयो जसमा मूख्य पात्र राजश्री, राजेश्वरी उर्फ कुसुमसँग भिडियो कलमा कुरा गरेको देखाइएको छ । भिडियो कलमा देखाइएको राजेश्वरीको दृश्य सेटमा नभई आफ्नै घरमा सुट गरिएको छ ।

यो दृश्यका लागि अभिनेत्रीले स्वयं आफ्नो मेकअप गरेर रेकर्डिङ पनि गरिन् । दृश्यमा देख्दा राजेश्वरीमा कोरोना संक्रमण रहेको अन्दाज लगाउन पनि मुश्किल परेको छ ।