राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण देखिएकाे छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

श्रेष्ठले आफूलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । उनले भने, ‘पुष्टि हुनु भन्दा अगाडि रुघाखोकी लागेपनि अहिले स्वस्थ छु । डराउनुपर्ने केही छैन, कुनै असहज लक्षण पनि देखिएको छैन ।’

हालसम्म परिवारका अन्य सदस्यमा पुष्टि भइनसकेको उनले जानकारी दिए । डेपुटी गभर्नर श्रेष्ठलाई कोरोना संक्रमण भएसँगै केन्द्रीय बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भएकाको संख्या ३१ पुगेको छ ।