आज काठमाडौं उपत्यकामा थपिए ८ सय ९ कोरोना संक्रमित, ५ जनाकाे मृत्यु

आज काठमाडौं उपत्यकामा थपिए ८ सय ९ कोरोना संक्रमित, ५ जनाकाे मृत्यु

काठमाडौं, ११ असाेज । काठमाडौं उपत्यकामा आइतबार थप ८ सय ९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा  ८ सय ९ जना कोरोना संक्रमण पुष्टी भएकाे छ ।

जसमा काठमाडौंका ६ सय ३३ जनामा, ललितपुरका १ सय ४ जनामा र भक्तपुरका ७२ जनामा कोरोना सङ्क्रमण देखिएको हाे। जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै काठमाडाैं उपत्यकामा आज ५ जनाकाे मृत्यु भएकाे छ भने देशभर १० जनाको मृत्यु भएको छ ।