आइतबार काेराेना संक्रमणबाट थप १० जनाकाे मृत्यु, ८ सय ८५ जना काेराेनामुक्त

आइतबार काेराेना संक्रमणबाट थप १० जनाकाे मृत्यु, ८ सय ८५ जना काेराेनामुक्त

काठमाडौं, ११ असाेज । देशभर आज काेराेना संक्रमणबाट थप १० जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

शनिबार देशभर कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित  उपचारपछि निको भएका छन्।