आज देशभर १ हजार ५ सय ७३ काेराेना संक्रमित थपिए

आज देशभर १ हजार ५ सय ७३ काेराेना संक्रमित थपिए

काठमाडाैं, ११ असाेज । आइतबार देशभर १ हजार ५ सय ७३ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ७३ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

संक्रमितमध्ये ६१ हजार ८८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४ सय ८७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर ८ सय ८५ जना घर फर्किएका छन्।