भान्सेलाई कोरोना लागेपछि सेल्फ क्वारेन्टाइनमा प्रधानसेनापति थापा

भान्सेलाई कोरोना लागेपछि सेल्फ क्वारेन्टाइनमा प्रधानसेनापति थापा

काठमाडौं, ११ असाेज । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा आइतवारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

ललितपुरको शशिभवनस्थित निवासमा उनको भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिवार कोभिड १९ पोजिभिट देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा बसेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारेन्टिनमा बसेको सेनाले जनाएको छ ।