दुई प्रहरी जवानसहित गण्डकी प्रदेशमा थपिए ७१ जना कोरोना संक्रमित

दुई प्रहरी जवानसहित गण्डकी प्रदेशमा थपिए ७१ जना कोरोना संक्रमित

पोखरा, ११ असाेज । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित प्रदेशमा  कोरोना संक्रमितको संख्या तीन हजार ७४४ पुगेको छ। 

कास्कीमा २१, लमजुङमा १६, बाग्लुङमा ३१ र नवलपरासी पूर्वमा तीन जना संक्रमित थपिएका हुन्। 

संक्रमितमध्ये दुई जना प्रहरी छन्। यस्तै सात जना पोखराको तेर्सापट्टीमा अपार्टमेन्ट निर्माणका कामदारछन्। यस्तै एक जना लमजुङको मध्यनेपाल–६ का शिक्षक छन्।