मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले आकस्मिक किन भेटे प्रचण्डलाई?

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले आकस्मिक किन भेटे प्रचण्डलाई?

काठमाडाैं, ११ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आजै १२ मन्त्रिपरिषदको C बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन कै विषयमा प्रचण्डसँग छलफल गरिरहेका स्रोतले जनाएको छ।

यसअघि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन लगातार मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भए पनि कुन मोडेलमा गर्ने भन्ने विषयमा सहमति जुटेको थिएन। सोही विषयमा थप छलफल गर्न आज पुनः भेटवार्ता भएको बताइएको छ।

 

अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेरै मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ। प्रचण्डसँग सहमति भए आजै मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने सम्भावना उच्च रहेको स्रोतको दावी छ।