बलिउड ड्रग्स प्रकरण: दीपिका, सारा अली खान र श्रद्धा कपुरकाे मोबाइल नियन्त्रणमा

बलिउड ड्रग्स प्रकरण: दीपिका, सारा अली खान र श्रद्धा कपुरकाे मोबाइल नियन्त्रणमा

मुम्बई, ११ असाेज । बलिउड ड्रग्स प्रकरणमा एनसीबीले बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लामाे साेधपुछ गरेकाे छ ।सोधपुछपश्चात शनिबार एनसीबीले तीनैजना अभिनेत्रीको मोबाइल फोन पनि  नियन्‍त्रणमा लिएको छ ।

उनीहरुका साथै एनसीबीले फेसन डिजाइनर सिमाने खंबाटा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको पनि फोन कब्जामा लिएको छ । एनसीबीले कब्जामा लिएको सबै फोनका डाटा रिकभर गरिनेछ ।

एनसीबीले दीपिकासँग साढे ५ घण्टा सोधपुछ गरेको थियो । सोधपुछमा दीपिकाले २०१७ को अक्टोबरमा आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग च्याट गरेको स्विकारेकी छिन्, यद्यपि उनले लागुऔषध सेवन, खरिद(बिक्रीमा भने संलग्‍न नभएको बताएकी छिन् । भने चुरोट भने सेवन गर्ने गरेको स्विकारिन् ।

यस्तै एनसीबीले सारा अली खानसँग चार घण्टा सोधपुछ गरेको थियो । साराले लागुऔषध कहिल्यै नलिएको तर चुरोट भने तान्‍ने गरेको स्‍विकारेकी छिन् । अभिनेत्री श्रद्धा कपुरले पनि लागुऔषध प्रयोग गर्ने कुरालाई नकारेकी छिन् । -नव भारत टाइम्स