भारतको पूर्व केन्द्रीय मन्त्री जसवंत सिंहको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

भारतको पूर्व केन्द्रीय मन्त्री जसवंत सिंहको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

नयाँ दिल्ली । भारतको पूर्व केन्द्रीय मन्त्री जसवंत सिंहको निधन भएको छ । उनी केही महिना अगाडिदेखि विमारी रहेका भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

जसवंत सिंहको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत चर्चित राजनीतिक जगतका हस्तीहरुले दुःख व्यक्त गरेका छन् । नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, ‘जसवंत सिंह जीलाई राजनीति र समाजको मामलामा अनौठो तरिकाले याद गरिनेछ । उनले भाजपालाई मजबुत बनाउनका लागि पनि योगदान गरेका छन् । मैले सँधै हाम्रो कुराकानीलाई याद गर्नेछु ।’

त्यस्तै, उनले थपेका छन्, ‘जसवंत सिंह जीले हाम्रो देशको सेवा पूरै मेहेनतका साथ थरेका छन्, पहिले एक सैनिकको रुपमा र पछि राजनीतिक रुपमा ।’ विगत ६ वर्षदेखि विभिन्न रोगका कारण जसवंत सिंह ग्रसित थिए ।