मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । विशेष श्रोतका अनुसार आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

शनिबार मन्त्रिपरिषद बैठक बोलाउने मनसायमा प्रधानमन्त्री पुगेका श्रोतले जनाएको छ । यसअघि नियमितरूपमा मन्त्रिपरिषद बैठक सोमबार र बाँकी रहेका एजेन्डाका लागि पुनः बिहीबार बस्ने गरेको थियो ।

पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको चर्चा चुलिएको छ । सोही विषयमा छलफल एवं निर्णय गर्नका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका आँकलन गरिएको छ ।