एप्पलले एक साथ चार वटा मोडलको आइफोन सार्वजनिक गर्दै

एप्पलले एक साथ चार वटा मोडलको आइफोन सार्वजनिक गर्दै

सान फ्रान्सिस्को, ११ असोज । एप्पलले सम्भवतः आगामी महिना चार वटा मोडलमा नयाँ आइफोन सार्वजनिक गर्नेछ । सार्वजनिक नयाँ रिपोर्टका अनुसार जसमध्ये सबै भन्दा सानो आइफोन ५.४ इन्च डिस्प्ले वाला हुनेछ । एप्पलले उक्त आइफोनलाई ‘आइफोन १२ मिनी’ राखेको छ ।

त्यसोत, आइफोन १२ को सबै भन्दा सानो आकारको आइफोनको तस्वीर पनि सार्वजनिक गरिएको छ, जहाँ मिनी नाम दिइएको छ । यसका अलवा ६.७ इन्चको मोडलमा आइफोन १२ प्रो म्याक्स तथा दुई वटा ६.१ इन्च मोडल्सको आइफोन १२ र आइफोन १२ प्रो नाम दिइएको छ ।

रिपोर्टका अनुसार एप्पलले पहिलो पटक आइफोनको नाममा मिनी शब्द प्रयोग गरेको हो । यस अगाडि एप्पलले आइप्याड मिनी र आइपड मिनी लन्च गरेको थियो । आइफोन १२ मिनी आकारमा आइफोन ११ प्रो भन्दा सानो हुने जनाइएको छ । चार वटै आफइफोनमा ओलेड डिस्प्ले दिइनेछ । 

यस फोनमा कम्पनीले ५.४ इञ्चको ओलेड डिस्प्ले, ए१४ चिपसेट, ५जी कनेक्टिभिटी र ड्यूल–क्यामेरा सेटअपको साथमा सार्वजनिक गर्ने जनाइएको छ । एप्पले यस सिरिजमा ४ मोडल सार्वजनिक गर्नेछ । जहाँ आइफोन १२, आइफोन १२ म्याक्स, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स रहेका छन् ।