विश्व कोरोना अपडेट : संक्रमितको संख्या ३ करोड ३० लाख ४६ हजार ३६० पुग्यो, २४,४०१,४३६ द्वारा स्वास्थ्यलाभ

विश्व कोरोना अपडेट : संक्रमितको संख्या ३ करोड ३० लाख ४६ हजार ३६० पुग्यो, २४,४०१,४३६ द्वारा स्वास्थ्यलाभ

काठमाडौं, १० असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको कुलसंख्या ३ करोड, ३० लाख ४६ हजार ३६० पुगेको छ । वल्र्डोमिटर्सका अनुसार आइतबार (आज) विहानसम्ममा कोरोना संक्रमितहरुको कुल संख्या ३ करोड, ३० लाख ४६ हजार ३६० पुगेको हो ।

त्यस्तै, कोरोना संक्रमणकै कारण हालसम्म विश्वमा ९ लाख ९८ हजार २७६ को मृत्यु भइसकेको वल्र्डोमिटर्सले जनाएको छ । यसैबीच २ करोड ४४ लाख १ हजार ४३६ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
हाल विश्वमा ७६ लाख ४६ हजार ६४८ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये २ करोड ५३ लाख ९९ हजार ७१२ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । 

कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ७२ लाख ८७ हजार ५२१ पुगेको छ । जसमध्ये २ लाख, ९ हजार १७७ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४५ लाख, २४ हजार १०८ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ५९ लाख ९० हजार ५८१ पुगेको छ । जसमध्ये पनि ९४ हजार ५३४ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४९ लाख ३८ हजार ६८८ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ । जसमध्ये १ लाख ४१ हजार ४४१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४० लाख ५० हजार ८३७ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

विशवकै चौथो बढी कोरोना संक्तमित देश रसिया हो, जहाँ संक्रमितहरुको कुल संख्या ११ लाख ४३ हजार ५७१ पुगेको छ । यसैबीच २० हजार २२५ संक्रमितहरुको मृत्यु भइसकेका छन्, भने ९ लाख ४० हजार १५० संक्रमितहरु उपचार पनि डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ७१ हजार ८२१ पुगेको छ, भने ४६७ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५३ हजार १३ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।