जानीराखौं पुदिनाका फाइदाहरु...

जानीराखौं पुदिनाका फाइदाहरु...

काठमाडौं, ११ असोज । हामीले अचारको रुपमा उपयोग गर्ने पुदिना स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । पुदिनाको अनेक फाइदाहरु छने । पुदिनाको स्वाद पनि मीठो हुन्छ । पुदिनाको जुस, चिया, सलाद, सुप आदिको स्वाद र गुणलाई पनि पुदिनाले बढाइदिन्छ ।

त्यसोत, पुदिनाको आर्युवेदिक महत्व छ । यसको सेवनले हाम्रो शरीरका धेरैजसो समस्याबाट मुक्ति पाइन्छ । यसमा फाइबर हुन्छ, जसले तपाईको कोलोस्ट्रोलको लेभल कम गर्न सहयोग गर्छ । 

पुदिनामा भएको म्यागनेशियमले हड्डीमा तागत दिन्छ । त्यसोत, पुदिना पाचन क्रियाको लागि र्सोत्तम बिकल्प पनि हो । पुदिनाले केही प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।

त्यस्तै, पुदिनालाई पानीमा उसिनेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय–समयमा पिउनुपर्छ, जसले निर्बलता कम गर्छ ।