आईपीएल : कोलकताद्वारा हैदराबाद ७ विकेटले पराजित

आईपीएल : कोलकताद्वारा हैदराबाद ७ विकेटले पराजित

एजेन्सी, ११ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकता नाइट रायडर्सले सनराइज हैदराबादलाई पराजित गरेको छ । गएराति दुबईस्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा कोलकताले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । 

पहिले ब्याटिङ सम्हालेको हैदराबादले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १४२ रन जोड्यो । जवाफमा त्यति ठूलो लक्ष्य नरहेको कोलकताले १८ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । कोलकताका लागि शुब्मान गिलले ६२ बलमा ७० रनको योगदान दिए । यस्तै इयोन मोर्गान २९ बलमा ४२ रनसहित अविजित रहे ।

नितिष रानाले १३ बलमा २६ रन जोडे । यता हैदराबादका लागि कप्तान वार्नरले ३० बलमा ३६ रन, मनिष पाण्डेले ३८ बलमा ५१ रन, रिद्धिमान शाहाले ३१ बलमा ३० रन र मोहम्मद नाबीले ८ बलमा ११ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् । कोलकताका प्याट क्युमिन्स, आन्द्र रसेल र वरुण चक्रवर्तीले १/१ विकेट लिए ।

यस्तै हैदराबादका राशिद खान, खलिल अहमद र टी नटराजनले १/१ विकेट लिए ।