रोमाञ्चक खेलमा युनाइटेडले ब्राइटनलाई हरायो

रोमाञ्चक खेलमा युनाइटेडले ब्राइटनलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा युनाइटेडले ब्राइटनलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

खेलको ४० औं मिनेटमा ब्राइटनका निल मोउपेले पेनाल्टीमार्फत गोल गर्दै खेलमा सुरुवाती अग्रता बनाएका थिए । तर खेलको ४३ औं मिनेटमा युनाइटेडले उपहार गोल पायो । ब्राइटनका लेविस डंकले आत्मघाती गोल गर्न पुगे ।

त्यसपछि खेलको ५५ औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गरे । खेलको इन्जुरी समयमा अन्तिम १ मिनेट बाँकी रहँदा ब्राइटनका सोली मार्चले गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याएका थिए  ।

तर खेल सकिएपछि पुनः भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० बाट युनाइटेडले पेनाल्टी पायो । ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।