प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. शाहलाई कोरोना पुष्टि

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. शाहलाई कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहमा काेराेना संक्रमण देखिएकाे छ  । प्रधानमन्त्रीका  निजी चिकित्सक तथा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना  संक्रमण पुष्टि भएको हाे ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकोमा शनिबार उनमा. संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेको उनले बताइन् ।

आफूले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई नभेटेकाे उनले बताइन् । तीन दिनअघि डा. गोविन्द केसीलाई भेट्दा पनि सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उनको भनाइ छ ।