काेराेना संक्रमणबाट शनिबार थप ८ जनाकाे मृत्यु

काेराेना संक्रमणबाट शनिबार थप ८ जनाकाे मृत्यु

काठमाडाैं, १० असाेज । शनिबार काेराेना संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा ८ काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

निधन हुने सबै पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । 

मृत्यु हुनेमा काठमाडौंका २० वर्षीय र ७४ वर्षीय गरी दुईजना छन् । त्यसैगरी सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एक–एकजनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।