काठमाडाैं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडाैं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं, १० असोज । शनिबार काठमाडौं उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लाे २४ घण्टामा उपत्यकामा ७ सय २४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

जसमा काठमाडौंका ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना संक्रमित रहेका छन् ।याेसँगै उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन् । हाल देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्।