शनिबार १ हजार २ सय ७ काेराेना संक्रमित थपिए, १ हजार १ सय ४७ जना कोरोनामुक्त

शनिबार १ हजार २ सय ७ काेराेना संक्रमित थपिए, १ हजार १ सय ४७ जना कोरोनामुक्त

काठमाडौं, १० असाेज । शनिबार देशभर कुल १ हजार २ सय ७ जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा  १ हजार २ सय ७ जनामा काेराेना संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

याेसहित हालसम्म देशभर काेराेना संक्रमितकाे संख्या  ७१ हजार ८ सय २१ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

यसैदिन काेराेना संक्रमणबाट ८ जनाकाे मृत्कोयु भएकाे छ । याेसँगै हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।