कोरोना संक्रमणबाट छाउनीमा उपचाररत थप एक सैनिक जवानको मृत्यु

कोरोना संक्रमणबाट  छाउनीमा उपचाररत थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय अनुसार  बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हाे ।

सैनिक जवानलाई यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसियुमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको यही असोज ८ गते स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यससँगै नेपाली सेनामा कोभिड-१९ का कारणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हालसम्म नेपाली सेनामा कुल संक्रमितको संख्या २,१९७ पुगेको छ । तीमध्ये ५३९ जनालाई निको भइसकेको भने एक हजार ६५६ सक्रिय सङ्क्रमित रहेका छन् ।