बीपी प्रतिष्ठान धरानमा उपचाररत एक काेराेना संक्रमितकाे मृत्यु

बीपी प्रतिष्ठान धरानमा उपचाररत एक काेराेना संक्रमितकाे मृत्यु

धरान, १० असाेज । काेराेना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाकाे मृत्यु भएकाे छ ।  सप्तरीको राजविराज–३ घर भएका ६३ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

मृतकमा कुनै दीर्घरोग र अन्य स्वास्थ्य समस्या भने देखिएको थिएन । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भदौ ८ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए ।