बलिउड ड्रग्स कनेक्शन : आज अभिनेत्री दीपिका, सारा र श्रद्धासँग एनसीबीले सोधपुछ गर्ने

बलिउड ड्रग्स कनेक्शन : आज अभिनेत्री दीपिका, सारा र श्रद्धासँग एनसीबीले सोधपुछ गर्ने

काठमाडौं, १० असोज । अभिनेता सुशान्त सिंह राजपुत केसमा ड्रग्स एङ्गलबाट बलिउडका चर्चित कलाकारहरु पनि जोडिएका छन् । एनसीबीले आज बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग इन्क्वाइरी (सोधपुछ) गर्ने भएको छ ।

त्यसोत, हिजो शुक्रबार पनि एनसीबीले अभिनेत्री राकुल प्रितसिंहसँग इन्क्वाइरी गरेको थियो । जहाँ अभिनेत्री राकुलले आफ्नो घरमा रिया चक्रवर्तीले ड्रग्स राख्न लगाएकी खुलासा गरेकी थिइन् ।

त्यस्तै, शुक्रबार नै अभिनेत्री दीपिका पादुकोणको म्यानेजर करिश्मा प्रकाशसँग पनि एनसीबीले इन्क्वाइरी गरेको छ । आज एनसीबीले दीपिका पादुकोण र उनकी म्यानेजर करिश्मालाई आमने सामने राखेर सोधपुछ गर्ने बताइएको छ ।

एनसीबीले अभिनेत्री दीपिकालाई आज (शनिबार) १० बजे सोधपुछका लागि बोलाएको छ । दीपिका र करिश्माको ड्रग्स च्याट सोसल मिडियामा भाइरल बनेको थियो । उक्त ड्रग्स च्याटको एडमिन दीपिाका थिइन् ।