दिकदारी र तनाव कम गर्नका लागि अदुवा चिया !

दिकदारी र तनाव कम गर्नका लागि अदुवा चिया !

काठमाडौं, १० असोज । विहान उठ्ने वित्तिकै अदुवा हालेको चिया पिउँदा स्वादका साथै शरीरलाई महत्वपूर्ण फाइदा पनि गर्छ । विशेष गरी जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व रहेको चिकित्सकहरुको भनाइ छ । 

अदुवामा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । त्यस्तै, अदुवामा म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाले पाचन प्रणालीका क्रियाहरुलाई सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त मानिन्छ ।

– अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चिया र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुले बताएका छन् ।

– अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघातदेखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

– अदुवाले शरीरको कुनै भागमा भएका जलन वा दुखाईलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाईमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

– अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सिडेन्ट हुन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।