आईपीएल २०२० : दिल्ली क्यापिटल्सद्वारा ४४ रनले चेन्नई सुपर किंग्स पराजित

आईपीएल २०२० : दिल्ली क्यापिटल्सद्वारा ४४ रनले चेन्नई सुपर किंग्स पराजित

काठमाडौं, १० असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको छ ।

गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीले महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नईलाई पराजित गरेको हो । 

पहिले ब्याटिङमा उत्रिएको दिल्लीले पूरा २० ओभर खेल्दै १७५ रन जोड्यो । दिल्लीका लागि पृथ्वी शले ४३ बलमा ६४ रनको योगदान दिए । शिखर धवनले २७ बलमा ३५ रनको योगदान दिँदा रिषभ पन्त २५ बलमा ३७ रनसँगै नटआउट रहे ।

जवाफमा १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चेन्नई २० ओभर खेल्दै १३१ रन मात्र बनायो । चेन्नईका लागि फाफ डु प्लेसिसले ३५ बलमा ४३ रन जोडे ।

केदार जादभले २१ बलमा २६ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी १५ रनमै आउट हुन पुगे । चेन्नईका पियुश चावलाले २ र साम करनले १ विकेट लिए ।