यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, असोज १० गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, असोज १० गते

आज २०७७ साल असोज १० गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–दशमी,३९ घडी ४५ पला, बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । 


बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नसोचेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । सुभचिन्तकको सुझाबलाई शिरोधार्य गर्दै अगाडि सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लामो दूरीको रमाइलो व्यवसायिक यात्रा हुने भएपनि खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथिसँग आत्मियताको कमी हुनेछ भने एक्लो पनको महशुष हुनेछ । साझेदारी व्यावसायमा अबिश्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसायमा लगानि नगर्नुनै राम्रो रहेकोछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो समयदेखि थाति रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाई लेखाईमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि बढीनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरेपनि नाँफा कमाउन बढी नै समय खर्चनु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । तीग संगीत तथा मोडलिङमा बिशेष चासो बढ्नेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दूरीको बिदेश यात्राको तय हुनेछ भने बिदेशबाट सञ्चालित सस्था, एनजिओ तथा आईएनजीओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । बिदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पूरा हुनेछन् । व्यापार तथा पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ ।