चेन्‍नईविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेञ्चमै

चेन्‍नईविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेञ्चमै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल भिड्दैछन् । यता नेपालका लेग स्पिनर सन्दीप लामिछाने आज पनि बेञ्चमै रहेका छन् । 

दुबइ इन्टरनेश्‍नल क्रिकेट स्टेडियममा चेन्‍नई टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि दिल्लीले ब्याटिङको निम्तो पाएको हो । 

दिल्लीको दोस्रो खेलमा भने सन्दीपले स्थान पाउने आँकलन गरिएको थियो। रविचन्द्रन अश्विनको स्थानमा अमित मिश्रले प्लेइङ इलाभेनमा स्थान पाउँदा सन्दीप भने अन्तिम ११ मा पर्न असफल रहे ।

दिल्लीको विदेशी खेलाडीमा भने किंग्स इलाभेन पञ्जाबविरुद्ध टिममा परेका खेलाडी नै दोहोरिएका छन्। जसमा सिमरन हिटम्यर, मार्कस स्टोइनिस, कागिसो रबडा र एनरिच नोर्टजे रहेका छन् ।