ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, ९ असाेज ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण देखिएकाे छ । उनकाे  स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।

उनले जिउ कटकटी दुख्ने, टाउको दुख्ने समस्या भएपछि स्वाब दिएका थिए । उनले सम्पर्कमा रहेका सबैलाई सचेत रहन अनुरोध गरेका छन्।