शुक्रबार काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु

शुक्रबार काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु

काठमाडाैं, ९ असाेज । २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। शुक्रबार ३ महिला र ३ पुरुष गरी ६ जनाकाे मृत्युभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मृत्यु हुनेमा मोरङका २, काठमाडौँ, ललितपुर, कपिलवस्तु र सप्तरीका १/१ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ। 

नेपालमा बितेको २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।