शुक्रबार काठमाडाैं उपत्यकाका ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी, कहाँ कति थपिए ?

शुक्रबार काठमाडाैं उपत्यकाका ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी, कहाँ कति थपिए ?

काठमाडौं, ९ असाेज । शुक्रबार काठमाडाैं उपत्यकामा ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा उपत्यकामा ६ सय ४५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।

जसमा काठमाडौंका ५ सय ३, ललितपुरका ९१ र भक्तपुरका ५० जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९ सय ७४ पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।