शुक्रबार देशभर कुल १ हजार ३ सय १३ काेराेना संक्रमित थपिए

शुक्रबार देशभर कुल १ हजार ३ सय १३ काेराेना संक्रमित थपिए

काठमाडाैं, ९ असाेज । शुक्रबार देशभर थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय १३ जना संक्रमित फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

याेसँगै  हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोनामुक्त भएका छन् । हालसम्म काेराेनामुक्त हुनेकाे संख्या ५१ हजार ८ सय ६६ पुगेकाे छ । कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।