किशोर श्रेष्ठको राजीनामासँगै प्रेस काउन्सिलले पायो नयाँ नेतृत्व

किशोर श्रेष्ठको राजीनामासँगै प्रेस काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं, ९ असाेज। प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठकाे राजीनामा स्वीकृत भएको छ । शुक्रबार कार्याहक अध्यक्षको जिम्मेवारीबाट उनले राजीनामा दिएका हुन् ।

पदावधि सकिन ३ दिन बाँकी रहेका बेला शुक्रबार उनले पदबाट राजीनामा दिएका हुन् । आफूले शुक्रबार काउन्सिल बोर्डलाई बुझाएको राजीनामा स्वीकृत भएको श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठको राजीनामा स्वीकृत गरेको बोर्डले गोपाल बुढाथोकीलाई  काउन्सिलको कार्यबाहक अध्यक्षमा चयन गरेको छ । नवनियुक्त कार्यबहाक अध्यक्ष बुढाथोकीलाई निर्वतमान कार्यबाहक अध्यक्ष श्रेष्ठले बधाई समेत दिएका छन् । 

बोर्डले  ऐन, कार्यविधि र सर्वोच्च अदालतको आदेश र संस्थागत स्वायत्तताको सम्मान गर्दै नयाँ जिम्मेवारीमा बुढाथोकीलाई सर्वसम्मत चयन गरेको श्रेष्ठको प्रतिक्रिया छ ।