बिपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु

बिपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, ९ असाेज । काेराेना संक्रमणबाट धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ जनाकाे मृत्यु भएकाे छ । सप्तरीका ७० वर्षिय र मोरङका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको हाे।

सप्तरीको राजविराज नगरपालिका-३ का संक्रमित गजेन्द्र नारायण सिंह अस्पतालबाट ज्वरो, खोकी श्वासप्रश्वासमा र निमोनिया जस्ता समस्याको कारणले रिफर भइ उपचार गर्न आएका थिए। उनमा २५ गते कोरोना पुष्टि भएको थियो। प्रतिष्ठानमा २८ गते भर्ना भएका संक्रमित ८ गते राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।

त्यसैगरी, मोरङ जिल्ला कानेपोखरी गाउँपालिका १ का ५५ वर्षीय पुरुषको गए राति ८ बजे मृत्यु भएको थियो। संक्रमित प्रतिष्ठानको सर्जिकल वार्डबाट रिफर भएका थिए। उनमा आन्द्राको क्यान्सर र जटिल शल्यक्रिया भएको सापकोटाले बताए। ५ गते परीक्षण गरी ८ पुष्टि भएर कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।