आत्महत्या नभई सुशान्तकाे घाँटी थिचेर हत्या गरिएको वकिलकाे दाबी

आत्महत्या नभई सुशान्तकाे घाँटी थिचेर हत्या गरिएको वकिलकाे दाबी

मुम्बई, ९ असाेज । बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे आत्महत्या नभई घाँटी थिचेर हत्या गरिएको सुशान्तको परिवारका वकील विकास सिंहले दाबी गरेका छन् । 

सुशान्तको परिवारका वकील विकास सिंह सुशान्तको न्याय र जाँचमा भईरहेको ढिलाईबाट रुष्ट बनेका र उनले आफूले पाएको तस्वीरमा घाँटी थिचेर मारेको दाबी गरेका हुन् ।

सुशान्त गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । तर उनको हत्या हो वा आत्महत्या भन्ने विषयमा भने अहिलेसम्म अनुसन्धान जारी छ ।

उनको मृत्यु भएको करिव तीन महिना बितिसक्दा समेत यस बारेमा केहि पत्ता लाग्न सकेको छैन ।