सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेकाे संख्या ५ हजार ८ सय ५५ पुग्याे

सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेकाे संख्या ५ हजार ८ सय ५५ पुग्याे

धनगढी, ९ असाेज । सुदूरपश्चिममा काेराेना भाइरसकाे संक्रमणबाट मुक्त हुनेकाे संख्या ५ हजार ८ सय ५५ पुगेको छ । बिहीबार विभिन्न अस्पतालबाट ८ र अपडेट नगरिएका ५७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ५ हजार ८ सय ५५ पुगेको हो ।

अछाममा ९ सय १६, बैतडीमा ३ सय २८, बझाङ्गमा ३ सय ८९, बाजुरामा ४ सय ५१, डडेल्धुरामा ३ सय १६, दार्चुलामा ४६, डोटीमा ९ सय ३६, कैलालीमा १ हजार ७ सय ४४ र कञ्चनपुरमा ७ सय २९ निकाे भएर घर फर्कीएका सामाजिक विकास मन्त्रालयले जनाएकाे छ।

यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कैलालीका २४, डडेल्धुराका १, डोटीका ४, बझाङ्गका ७ र बैतडीका १० जनामा संक्रमण पुष्टि भएको हाे।

सक्रिय संक्रमितमा अछाममा १००, बैतडीमा ७९, बझाङ्गमा ९५, डडेल्धुरामा १६, दार्चुलामा ३१, डोटीमा १ सय ३२, कैलालीमा ४ सय ७६ र कञ्चनपुर ३३ जना रहेका छन् । विभिन्न अस्पतालहरुमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १५, टीकापुरमा ९, महाकालीमा १३, अछाममा १०, डोटीमा २, डडेल्धुरा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन ।