काेराेना संक्रमणबाट बाँके र पर्सामा दुई जनाको मृत्यु

काेराेना संक्रमणबाट बाँके र पर्सामा दुई जनाको मृत्यु

काठमाडौं, ९ असोज । बाँके र पर्सामा गरि २ जना काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएकाे हाे भने पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

असाेज ६ गते कोरोना संक्रमण पुष्टि भएका उनको दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

यसैगरी  पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो ।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।